
फाइल तस्बिर
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ ।
अस्पतालका प्रवक्ता सशस्त्र प्रहरी उपरीक्षक डा. प्रवीन नेपालले आज प्रेस विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश राणाको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उल्लेख गरेका हुन् ।
गत सोमबार साँझ कोभिड संक्रमण पुष्टि भएपछि उपचारका लागि बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल भर्ना भएका उनलाई कोभिड निमोनिया समेत देखिएको थियो । त्यसपछि अस्पतालले उनलाई भर्ना गरेर उपचार सुरु गरेको थियो ।
विज्ञप्तिः

प्रतिक्रिया दिनुहोस्