
काठमाडौं, माघ ८ । व्यक्ति हत्याको आरोपमा सर्वोच्च अदालतमा मुद्धा विचाराधीन रहेका व्यक्तिलाई सभामुख बनाउन लागेको भन्दै विरोध प्रदर्शन गरिएको छ ।
नागरिक समाज र द्वन्द पीडितहरुले बुधबार माईतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनका सहभागीहरुले सभामुख जस्तो गरिमामय पदमा हत्याको मुद्धा खेपिरहेका अग्नि सापकोटालाई निर्वाचित गर्न नहुने माग गरेका छन् ।
माओवादी युद्धकालमा २०६२ वैशाख १६ गते काभ्रेको छत्रबाँझस्थित कृष्ण माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन लामालाई माओवादी कार्यकताले अपहरण गरेर हत्या गरेका थिए ।
अग्नि सापकोटाको निर्देशनमा लामाको हत्या गरिएको दाबी गर्दै लामाकी श्रीमतीले सापकोटा विरुद्ध हालेको किटानी जाहेरीको मुद्धा सर्वोच्च अदालतमा विचाराधीन छ ।
प्रतिक्रिया दिनुहोस्