९ बैशाख २०८२, मंगलबार | Wed Apr 23 2025


म्याग्दीमा हिमपातका कारण एक सातादेखि अबरुद्ध बाटो खुल्यो


0
Shares

म्याग्दी, माघ ८ । म्याग्दीको धवलागिरी गाउँपालिका–१, गूर्जामा बाक्लो हिमपातका कारण माघ १ गतेदेखि अबरुद्ध भएको लुलाङ–गुर्जा घोडेटो बाटो बुधबारदेखि सुचारु भएको छ ।

एक सातासम्म बाटो अवरुद्ध हुँदा गाउँबाट बाहिर जान नपाएका र बाहिरबाट गाउँ भित्रिन नसकेका स्थानीयले हिउँ पग्लेर हिड्न मिल्ने भएपछि बुधबारबाट राहत पाएका छन् ।

समुन्द्री सतहदेखि ३ हजार २ सय २० मिटर उचाइमा अवस्थित जिल्लाको अति विकट मानिने गुर्जा पुग्ने जंगलमा करिव चारफिट हिउँले पदैलमार्ग नै पुरिदिएपछि स्थानीय गाउँमै सीमित भएका थिए ।