
काठमाडौं, मंसिर १६ । नवनिर्वाचित एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले माधव नेपालले छोडेर गएका लाखौं कार्यकर्ताको अभिभावकत्व आफूले लिने बताउनुभएको छ ।
उहाँले सर्वसम्मतिको प्रयासबाट नेतृत्व चयन भएपनि आफ्नो वैचारिक संघर्ष भने जारी रहने बताउनुभयो ।
उपाध्यक्ष शाक्यले पार्टीका पूराना नेता कार्यकर्तालाई अध्यक्ष ओलीले समेट्न नसक्दा आम जनताको अपेक्षा अनुसार एमालेको नयाँ नेतृत्व चयन नभएपनि विधि, पद्दती र सिद्धान्तका लागि आफ्नो संघर्ष जारी रहने उहाँले बताउनुभयो । पार्टी छोडेर नेता नेपालले गल्ती गरेको टिप्पणी गर्दै उहाँले महाधिवेशनमा सबैलाई समेट्न नसक्नु अध्यक्ष केपी ओलीको कमजोरी भएको प्रतिक्रिया दिनुभयो ।
उपाध्यक्ष शाक्यसँगको विस्तृत अन्तर्वार्ता अहिले बेलुकी ८ बजे कार्यक्रम हटसिटमा प्रसारण हुनेछ ।
प्रतिक्रिया दिनुहोस्