१३ बैशाख २०८२, शनिबार | Sat Apr 26 2025


३१५ संक्रमित थपिँदा ६ जनाको मृत्यु


0
Shares

काठमाडौं, मंसिर १६ । देशभर पछिल्लो २४ घण्टामा ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ५११ जनाको पीसीआर परीक्षण गर्दा २९८ जना र १ हजार ८९२ जनाको एन्टिजेन परीक्षण गर्दा १७ जना गरी ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाबाट ६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्‍यु हुनेको संख्या ११ हजार ५३५ पुगेको छ । बिहीबार २०१ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ४५ रहेको छ ।

जसमध्ये ६ हजार ७१५ जना होम आइसोलेसनमा रहेका छन् भने ३३० जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ११० जना आईसीयू र ३८ जना भेन्टिलेटरमा उपचाररत् छन् ।