
काठमाडौं, मंसिर १७ । देशभर पछिल्लो २४ घण्टामा २४६ जना कोरोना संकंमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ८३६ जनाको कोरोना परीक्षण गर्दा २४६ जना कोरोना संकंमित थपिएका हुन् ।
६ हजार ४०० जनाको पिसिआर र १ हजार ४३६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।
त्यस्तै, पछिल्लो २४ घण्टामा ३४७ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।
हाल देशभर ६ हजार ९२१ जना सक्रिय संक्रमित छन् ।
सो अवधिमा मृतकको संख्या भने शून्य रहेको छ ।
प्रतिक्रिया दिनुहोस्