४ चैत्र २०८१, सोमबार | Mon Mar 17 2025


पिपुल्स हाइड्रोपावरले शेयर जारी गर्दै


0
Shares

काठमाडौं, मंसिर १७ । पिपुल्स हाइड्रोपावरको ९६ लाख कित्ता साधारण शेयर निश्कासनका लागि शेयर प्रत्याभूति समझदारी भएको छ ।

कम्पनीको ९६ करोडको प्राथमिक शेयर निश्काशनका लागि नागरिक लगानी कोषसँग शेयर प्रत्याभूति सम्बन्धी समझदारी भएको हो ।

शेयर प्रत्याभुतिकर्ता सम्झौतामा कोषका तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र हाइड्रोका तर्फबाट कम्पनीका प्रवन्ध संचालक केशव बहादुर रायमाझीले हस्ताक्षर गर्नुभयो ।

कम्पनीले लमजुङको दोर्दी नदीबाट ५४ मेगावाट बिद्युत् उत्पादन गर्नेछ ।

कम्पनीको शेयर निस्काशन तथा विक्री प्रवन्ध सानिमा क्यापिटलले गर्दैछ ।