
काठमाडौं । नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्दको निर्णायक गोलमा पर्सिजा जाकर्ताले इन्डोनेसियाको लिग वानमा जित हात पारेको छ ।
शुक्रबार राति भएको खेलमा रोहितको निर्णायक गोलमा पर्सिजाले तिरा पेर्सिकाबोलाई १–० ले हराएको हो ।
प्रतिस्पर्धात्मक खेलको दोस्रो हाफको सुरुवातमै रोहितले गोल गरेका थिए । उनले ५० औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । बाँकी समयमा दुवै टोलीबाट गोल नभएपछि जकार्ताले ३ अंक जोड्यो ।
जितसँगै पर्सिजा १५ खेलबाट २१ अंक जोडेर नवौं स्थानमा रहेको छ । पेर्सिकाबो १५ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्