९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


सुनको मूल्य पूनः उकालो लाग्यो


0
Shares

काठमाडौं, माघ ९ । सुन चाँदीको मूल्य आज पुनः उकालो लागेको छ । अघिल्लो दिन सामान्य ओरालो लागेको सुनको भाउ आज पुनः बढेकोे होे ।

अन्तर्राष्ट्रिय बजार पच्छयाउँदै आज स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा २ सयले बढेर ७५ हजारमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो ५ सयले घटेर ७४ हजार ८ सयमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा ५ रु. पैयाँले बढेर ८ सय ८५ मा कारोबार भएको महासंघले जनाएको छ । यतिखेर अन्तर्राष्ट्रिय बजारमा सुन प्रति औंन्स १५ सय ५५ डलर हाराहारीमा कारोबार भैरहेको छ ।