
विराटनगर, माघ ९ । प्रदेश १ अन्तर्गत नेपाली कांग्रेसका प्रमुख–उपप्रमुखहरुले कांग्रेसले जितेका स्थानीय तहहरुमा केन्द्र र प्रदेश सरकारले विकासका काममा विभेद गरेको आरोप लगाएका छन् ।
प्रदेश १ कांग्रेस संसदीय दलद्वारा आयोजित कार्यक्रममा उनीहरुले प्रदेश सरकारले काँग्रेसले जितेका स्थानीय तहको बजेट विनियोजनमा विभेद गर्नेदेखि काम गर्न समेत धेरै गाहे बनाइदिने गरेको गुनासो पार्टी नेतृत्वसमक्ष राखेका हुन् ।
कार्यक्रममा सहभागीहरुले अब छुट्टै फोरम गठन गरिनुपर्ने विचार समेत व्यक्त गरेका छन् ।
कांग्रेसले जितेको स्थानीय तहमा प्रदेशबाट जाने बजेट सम्बन्धित स्थानीय सरकारको प्रमुखलाई पनि थाहा नदिई काम हुने गरेको उनीहरुको आरोप छ । उनीहरुले बजेट लगायतका काममा पनि प्रदेश सरकारले पक्षपात गर्ने गरेको बताएका छन् ।
कतिपय कांग्रेस समर्थित अध्यक्ष उपाध्यक्षले पार्टीको नेतृत्व तह हराएजस्तो र पार्टी भित्रैबाट महिलालाई जिम्मेवारी दिने र काम गर्ने क्रममा समेत विभेदको शिकार बनाउने क्रमको अन्त्य हुनुपर्ने आवज समेत उठाएका थिए ।
प्रतिक्रिया दिनुहोस्