
बारा, मंसिर १८ । महिला श्रमिकहरुले बाराको सिमरास्थित एलाइन्स फर्मास्युटिकल प्रालि बन्द गरेका छन् ।
महिला मजदुर भएकै कारण उद्योग प्रशासनले सामान्य मागसमेत सुनुवाइ नगरेको भन्दै उनीहरुले फर्मास्युटिकल कम्पनी बन्द गरेका हुन ।
संचय कोषमा रकम किन जम्मा नगरेको, बिक्रीको अनुपातमा सामान्य रकम समेत प्रोत्साहन भता नदिनुको कारण खोज्दा प्रहरी प्रशासनको बलमा धम्की दिन थालेपछि बाध्य भएर आन्दोलनमा उत्रिएको उनीहरुको भनाइ छ ।
कानूनसम्मत माग राखी छलफल गर्दा समेत व्यवस्थापनले नसुनेको श्रमिकहरुले आरोप लगाएका छन् ।
प्रतिक्रिया दिनुहोस्