१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कर्णालीमा देउवा पक्षका शाही विजयी


0
Shares

काठमाडौं । नेपाली कांग्रेसको सातै प्रदेशका हिजो भएको मतदानको परिणाममा आउने क्रम जारी छ । कर्णाली प्रदेश सभापतिमा ललितजंग शाही निर्वाचित भएका छन् ।

शनिबार भएको निर्वाचनबाट शाही ४ सय २२ मत ल्याएर सभापतिमा निर्वाचित भएका हुन् । संस्थापनइतर समूहका भूपेन्द्रजंग शाहीले ३ सय १७ मत ल्याएका छन् । यस्तै निधि समूहबाट सभापतिका उम्मेदवार बनेका मोतीराज बमले ७ मत मात्र ल्याए ।

जम्मा ७५४ मत खसेको निर्वाचन समितिले जनाएको छ । अरू पदाधिकारी र सदस्यहरुको मतगणना भईरहेको निर्वाचन समितिले जनाएको छ ।

कर्णाली प्रदेशको पहिलो सभापति बनेका जुम्लाका शाही यसअघि २०७० सालमा संविधान सभा सदस्य थिए । सभापतिमा पराजित भएका भूपेन्द्रजंग शाही र मोतीराज बम कालिकोटका हुन् । शाही तरूणदलका महामन्त्री हुन् । २०७० सालको संविधान सभा निर्वाचन र २०७४ को प्रतिनिधि सभामा उम्मेदवार बनेका शाही दुवै पटक माओवादीका महेन्द्रबहादुर शाहीसँग पराजित भएका थिए ।