८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


काठमाडौंको थापाथलीमा बिहानै मिनी टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

अर्का एक जना गम्भीर घाइते

0
Shares

काठमाडौं । काठमाडौंको थापाथलीमा आज बिहानै मिनी टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।

थापाथलीबाट त्रिपुरेश्वतर्फ जाँदै गरेको बा २ ख ७३२७ नम्बरको मिनी टिपरले त्रिपुरेश्वरबाट थापाथलीतर्फ आउँदै गरेको बा २४ प ९३५९ नम्बरको स्कुटरलाई आज बिहान पौने ६ बजे ठक्कर दिँदा स्कुटर चालक काभ्रेपलाञ्चोकको पनौती घर भई काठमाडौंको सीतापाइला बस्ने १९ वर्षीय सुजन सापकोटाको मृत्यु भएको हो । थापाथलीमै रहेको नर्भिक अस्पतालमा उपचारको क्रममा सापकोटाको मृत्यु भएको हो ।

घाइते भएका स्कुटरमा पछाडी सवार सोही ठाउँका २२ वर्षीय आशिष हुमागाईंको नर्भिक अस्पतालममै उपचार भइरहेको छ ।

टिपर चालकलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले नियन्त्रणमा लिइसकेको जानकारी दिएको छ ।