१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कांग्रेसको बागमती सभापतिमा भीमसेनको समर्थन इन्द्र बानियाँलाई


0
Shares

काठमाडौं । नेपाली कांग्रेसको बागमती प्रदेश सभापतिमा भीमसेनदास प्रधानले इन्द्र बानियाँलाई सहयोग गर्ने भएका छन् ।

पहिलो चरणमा सभापति पदका तीन उम्मेदवारमध्ये कसैले पनि बहुमत नल्याएपछि कांग्रेस बागमती प्रदेश सभापतिका लागि आइतबार दोस्रो चरणमा मतदान हुँदैछ ।

हेटौंडामा पत्रकार सम्मेलन गर्दै प्रधानले लोकतान्त्रिक प्रक्रियामा आफु पराजित भएता पनि अब मेरो साथ सहयोग बानियाँलाई रहने बताउनुभयो ।

उहाँले आफूलाई अमुल्य मतदान गर्ने साथीहरुलाई धन्यवाद दिदैं अब बानियाँलाई सबैले मतदान गरी विजयी गराउन आग्रह समेत गर्नुभएको थियो । एकता र सहमतिको लागि सन्देश दिन मेरो समर्थन बानियाँ रहेको बताउदैं प्रधानले विपीको सिन्द्धातमा रहने आफू जहिले पनि लोकतन्त्रमा विश्वास रहेको बताउनुभयो ।

शनिबार भएको मतदानमा बानियाँले ९९२ मत प्राप्त गरेका छन् भने केसीले ८७२ मत प्राप्त गरेका छन् । त्यस्तै भीमसेनदास प्रधानले १९७ मत प्राप्त गरेका थिए । अब दोस्रो चरणको निर्वाचनमा बानियाँ र जगदिश्वर नरसिंह केसीबीच प्रतिस्पर्धा हुनेछ ।

पत्रकार सम्मेलनमा केन्द्रीय सहमहामन्त्री प्रकाशशरण महत, केन्द्रीय सदस्य महालक्ष्मी डिना उपाध्याय, बहादुर सिं तामाङ लगायतका नेता तथा प्रनिनिधिहरुको उपस्थिती रहेको थियो ।