
इलाम । प्रदेश नं. १ को सामाजिक विकास मन्त्री जयराम यादवले इलाम अस्पतालको निरिक्षण गर्नु भएको छ । अस्पतालको निरीक्षणपछि मन्त्री यादवले अस्पतालको समस्या समाधान गर्ने बताउनु भएको छ ।
जनशक्ति अभावका कारण इलाम अस्पतालमा केही समयअघि ल्याइएको भेन्टिलेटर अहिलेसम्म प्रयोगमा आउन सकेको छैन । कोरोना महामारीको समयमा पनि जनशक्ति अभावको कारण भेन्टीलेटर सञ्चालनमा आउन नसकेको भन्दै मन्त्री यादवले यसतर्फ पहल गर्ने बताउनु भयो ।
मन्त्री यादवले अस्पतालमा भएको कर्मचारी अभावको पदपुर्ति गर्न पहल गर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘कर्मचारी अभाव पदपुर्ति करारमा राखेर सम्भव नहुने र प्रदेश लोकसेवा खोल्ना कानुनी समस्या रहेको हुँदा केन्द्र सरकारसँग अनुरोध गरी त्यसलाई चाँडो भन्दा चाँडो विज्ञापन खोलर नै समस्या समाधानमा लाग्छु ।’
प्रतिक्रिया दिनुहोस्