२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


कांग्रेस प्रदेश २ को निर्वाचन अनिश्चित


0
Shares

काठमाडौं, मंसिर १९ । नेपाली कांग्रेस प्रदेश २ को निर्वाचन अनिश्चित बनेको छ ।

प्रदेश २ का केही जिल्लाका वडा र पालिका अधिवेशन सम्पन्न हुन नसकेपछि प्रदेश अधिवेशन नै अनिश्चित बनेको हो ।

पालिकाबाट प्रतिनिधिको मतदाता नामावली प्राप्त हुन नसकेपछि अधिवेशन तीन दिनदेखि स्थगित हुँदै आएको हो ।

आयतबार पनि विभिन्न जिल्लाको मतदाता नामावली उपलब्ध नभएकाले प्रदेश अधिवेशनको मिति नै अन्योलमै परेको नेताहरुले बताएका छन् ।

महोत्तरी, सर्लाही, सप्तरी र रौतहटका केही पालिकामा अधिवेशनबारे विवाद कायमै छ । प्रदेशका २ मा ३२ वटा निर्वाचन क्षेत्र मध्ये सर्लाही, सप्तरी र रौतहटबाट मतदाताको नाम आउन सकेको छैन ।

मतदाताको नामावली आउन नसकेकै कारण मनोनयन पत्र दर्ता गर्ने प्रक्रिया सुरु हुन सकेको छैन ।

प्रदेश २ को नेतृत्वमा शेरबहादुर देउवा समूहबाट रौतहट सभापति कृष्णा यादव, उपसभापति विमलेन्द्र निधि समूहबाट प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव र स्वतन्त्रबाट रंजित कर्णले प्रदेश सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् ।