२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025

वीरगन्ज भन्सारबाट नेपाली वस्तुको निर्यातमा दुई गुणाभन्दा बढी वृद्धि


0
Shares

काठमाडौं, मंसिर १९ । देशकै प्रमुख व्यापारिक नाका वीरगन्ज भन्सार प्रयोग गरी भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको निर्यातमा उलेख्य वृद्धि भएको छ ।

गत आर्थिक वर्षको पहिलो चौमासिको तुलनामा चालु आर्थिक बर्षको यसै अवधिमा यो नाका प्रयोग गरी हुने नेपाली वस्तुको निर्यातमा दुई गुणाभन्दा बढी वृद्धि भएको हो ।

आर्थिक वर्ष २०७७÷०७८को साउनदेखी कात्तिकसम्मको चार महिनामा वीरगन्ज नाका प्रयोग गरी १२ अर्ब ४४ करोड मूल्य बराबरका विभिन्न वस्तु निवासी भएकामा चालु आवको साउनदेखि कात्तिकसम्म ३९ अर्ब ५६ करोड बराबरको विभिन्न वस्तु निकासी भएको कार्यालयको तथ्यांक छ ।

भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको निर्यातमा सबैभन्दा बढी भटमासको प्रशोधित तेल, प्रशोधित पाम आयल, फलफूलको जुस, सूर्यमुखीको प्रशोधित तेल, भटमासको पिना, जडिबुटीलगायतका वस्तु छन् ।

निर्यात वृद्धिसँगै यसको प्रभाव राजश्व सङ्कलनमा समेत देखिएको छ । गत आर्थिक वर्षको पहिलो चौमासिको तुलनामा चालु आवको सोही अवधिमा कार्यालय २६ अर्बभन्दा बढी राजश्व सङ्कलन गर्न सफल भएको हो ।

गत आर्थिक वर्षको पहिलो चार महिनामा उक्त कार्यालयले ४३ अर्ब ६७ करोड राजश्व संकलन गरेकामा चालु आर्थिक बर्षमा ७० अर्ब १२ करोड राजश्व संकलन गर्न सफल भएको जनाएको छ ।