
काठमाडौं, मंसिर १९ । विश्व बैंकको सहयोगमा लुम्बिनी र जनकपुर प्रदेशमा नयाँ अक्सिजन प्लान्ट सञ्चालमा आएका छन् ।
लुम्बिनी प्रादेशिक अस्पताल र जनकपुर प्रादेशिक अस्पतालमा आधुनिक अक्सिजन प्लान्ट सञ्चालनमा आएको हो ।
स्वास्थ्य मन्त्रालयका महाशाखा प्रमुख मदनकुमार उपाध्याय र विश्व बैंकका नेपाल, मल्दिभ्स र श्रीलंकाका राष्ट्रिय निर्देशक फरिस हडाड जर्भोसले आइतबार संंयुक्त रुपमा यी अक्सिजन प्लान्टको उद्घाटन गर्नुभएको हो ।
पुष पहिलो साताभित्र अन्य ५ वटा प्रदेशमा पनि यस्तै अक्सिनज प्लान्ट सञ्चालनमा ल्याउने तयारी भैरहेको विश्व बैंकले जनाएको छ । कोभिड महामारीसँग जुध्न सातै प्रदेशका प्रादेशिक अस्पतालहरुको क्षमता विस्तार गर्ने नेपाल सरकारको लक्ष्य प्राप्तिका लागि विश्व बैंकले सहयोग गरेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्