२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


बुटवलमा करिब १८ लाख बराबराको अवैध जुत्ता बरामद


0
Shares

बुटवल, मंसिर १९ । बुटवलमा करिब १८ लाख बराबराको अवैध जुत्ता बरामद भएको छ ।

बुटवल उप–महानगरपालिका–२ तिनाउपुल नजिक सैनामैना नगरपालिका–४ मुर्गियाका ३२ वर्षीय विष्णु थारुले कपिलवस्तुबाट बुटवल आउँदै गरेको लु १ च ८२१३ नम्बरको बलेरो पिकअप जिप रोकी चेकजाँच गर्ने क्रममा अबैध जुत्ता बरामद भएको प्रहरीले जनाएको छ ।

सो जिप भित्र अवैध रुपमा ल्याउँदै गरेको विभिन्न कम्पनीका २५ कार्टुन (७५० जोर) जुत्ता फेला परेको रुपन्देही प्रहरीले जनाएको छ ।

सो जुत्ताका अनुमानित बजार मूल्य करिब १८ लाख रहेको र जुत्ता, चालकसहित आवश्यक कारवाहीका लागि भन्सार कार्यालय बेलिया पठाइएको छ ।