१३ बैशाख २०८२, शनिबार | Sat Apr 26 2025


पछिल्लो २४ घण्टामा २०५ जना संक्रमित थपिए


0
Shares

काठमाडौं, मंसिर १९ । देशभर पछिल्लो २४ घण्टामा २०५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ७ हजार ९९५ पीसीआर र २ हजार ७५२ जनाको एन्टीजेन परीक्षण गर्दा २०५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ४३६ जना कोरोनाबाट सङ्क्रमणमुक्त भएका छन् ।

हाल देशभर ६ हजार ५०७ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

त्यस्तै, गत २४ घण्टामा कोरोनाबाट १ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट हालसम्म देशभर ११ हजार ५४१ जनाको मृत्यु भएको छ ।