Logo २८ मंसिर २०८२, आइतबार | Mon Dec 15 2025


सोलुखुम्बुमा जीप दुर्घटना हुँदा चालक गम्भीर घाइते


0
Shares

सोलुखुम्बु, मंसिर १९ । सोलुखुम्बुको सल्लेरीबाट पत्ताले जार्दै गेको बोलेरो जीप सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–११ स्थित साल्मे सिस्नेरी भीरबाट खस्दा चालक गम्भिर घाइते हुनुभएको छ ।

प्रदेश १, ०७–१००१ च ००१७ नं. को बोलेरो जीप शनिबार साँझ सडकबाट करिब सात सय मिटर तल खस्दा सोलुदूधकुण्ड नगरपालिका–८ का ३७ वर्षिय चालक टिङकु मगरको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक कवित कटवालले जानकारी दिनुभयो ।

चालकको रातीनै उद्दार गरी जिल्ला अस्पताल फाप्लुमा उपचारका लागि ल्याइएको र त्यहाँ उपचार सम्भव नभएपछि आइतबार विहान थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौं पठाइएको छ ।

गाडीमा अन्य यात्रु नभएको प्रहरीले पुष्टि गरेको छ । बोलेरो अनियन्त्रित भएपछि दुर्घटना भएको प्रहरीले जनाएको छ भने चालकको बोली नआएकाले थप कारण खुल्न नसकेको बताइएको छ ।