
बैतडी, मंसिर १९ । बैतडीको भुमेश्वर माविका एक छात्रामा कोरोना संक्रमण देखिएपछि विद्यालय तीन दिनका लागि बन्द गरिएको छ ।
अन्य विद्यार्थीको पनि कोरोना परीक्षण गर्नुपर्ने देखिएपछि विद्यालय बन्द गरिएको जनाइएको छ ।
बैतडी जिल्लामा हाल कोरोनाका ४ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
सक्रिय सबै पाटन नगरपालिकाकै रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्