
काठमाडौं, मंसिर १९ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनले नेताहरुको मानमर्दन गर्न र कार्यकर्ताहरुको विश्वासघात गर्न आफू नेतृत्वमा नआएको बताउनु भएको छ ।
नवनिर्वाचित अध्यक्ष लिङदेनले पार्टीका निवर्तमान अध्यक्षहरुको जीवनकालमै आफ्नो पार्टीलाई मुलुकको बलियो शक्तिको रुपमा स्थापित गराउने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
आइतबार काठमाडौंमा सपथ ग्रहण गर्दै उहाँले दुई पटक मृत्युको मुखमा पुगेर पनि बाँचेको आफूले नेताको सम्मान र कार्यकर्ताहरुको भावनामाथि चोट नपु¥याई आफ्नो पार्टीलाई बलियो बनाउने बताउनुभयो ।
नवनिर्वाचित अध्यक्ष लिङदेनले यो मरो पनि बदमास रहेछ भन्ने नपार्ने दृढता समेत व्यक्त गर्नु भयो । उहाँले अनुभवी नेताहरुको साथ लिएर पार्टीमा गल्ती नगर्ने बताउनु भयो ।
नवनिर्वाचित अध्यक्ष लिङदेनले काँग्रेस र एमालेलाई पनि जोडेर आफूहरुले राप्रपालाई मुलुकको अग्रणी पार्टीको रुपमा अघि बढाउने बताउनुभयो ।
उहाँले अव पार्टी भित्र कुनै पनि गुट नभएको दावी समेत गर्नु भयो ।
प्रतिक्रिया दिनुहोस्