२ बैशाख २०८२, मंगलबार | Tue Apr 15 2025


‘ए’ डिभिजन लिगमा आर्मीको पहिलो जित, ब्रिगेड ब्वाइज क्लब पराजित


0
Shares

काठमाडौं, मंसिर १९ । विभागीय टिम त्रिभुवन आर्मी क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा पहिलो जित निकालेको छ ।

आइतबार भएको खेलमा ब्रिगेड ब्वाइज क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै आर्मीले पहिलो जित निकालेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आर्मीलाई जित दिलाउन कप्तान भरत खवासले निर्णायक गोल गरे । पहिलो जितका लागि आर्मीले दोस्रो हाफसम्म कुर्नु परेको थियो ।

खेलको ८५ औं मिनेटमा कप्तान भरतले गोल गर्दै आर्मीलाई १–० को अग्रता दिलाए । मैदानको मध्येभागबाट सन्तोष तामाङले उपलब्ध गराएको बलमा भरतले गोल गरे ।

जुन खेलको निर्णायक गोल बन्यो । बीबीसीले भने लिगमा पहिलो हार बेहोरेको छ । बीबीसीले पहिलो खेलमा एपीएफलाई ३–२ ले पराजित गर्दा एनआरटीसँग गोलरहित बराबरी खेलेको थियो ।

जितसँगै आर्मीको ३ खेलबाट ५ अंक पुगेको छ । पराजित बीबीसीको ४ अंक छ ।