२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


भूपेन्द्र बडुवाल हत्याको प्रमुख कारण विवाद


0
Shares

कैलाली, मंसिर २० । कैलालीको लम्कीचुहाका भूपेन्द्र बडुवालको हत्या प्रकरणमा दुई समूहबीचको विवाद प्रमुख कारण भएको प्रहरीले जनाएको छ ।

सोमबार कैलालीमा पत्रकार सम्मेलन गरी कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले स्थानीय जयन्द्र शाह र नवीन रावलको समूहमा आपसी मनमुटाव हुँदा हत्या हुने स्थितिसम्म पुगेको बताउनुभयो । प्रहरीले बडुवाल हत्या प्रकरणमा २१ जनाविरुद्ध जिल्ला अदालत कैलालीमा मुद्दा द्धा दायर गरेको छ । बडुवालको हत्यामा संलग्न भएको आशंकामा १२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

घटनामा संलग्न रहेका भनिएका नविन रावल, चिरन्जीवी शाही, हिमाल शाही, जयेन्द्र शाही, विकास श्रेष्ठ, रोशन शाही, अशोक रावल, लोकजंग शाही र हेमन्त शाही फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

उनीहरु मध्ये रावलसहितका केही युवाको हत्यामा संलग्न रहेको र केहीले घटनामा सघाएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

शाहीको गत कात्तिक २३ गते धारिलो हतियार प्रहार गरी हत्या भएको थियो ।