१३ बैशाख २०८२, शनिबार | Sat Apr 26 2025


थपिए २६५ संक्रमित, दुई जनाको मृत्यु


0
Shares

काठमाडौं, मंसिर २० । नेपालमा पछिल्लो २४ घण्टामा २६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ११४ पीसीआर तथा १ हजार ५०३ एन्टिजेन परीक्षण गर्दा २६५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, गत २४ घण्टामा दुई जनाकोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय ४३ पुगेको छ ।

सोमबार ३५७ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् ।

हाल देशभर ६ हजार ३८६ सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ११२ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ७९, ललितपुरमा २३ र भक्तपुरमा १० जना संक्रमित थपिएका हुन् ।