
लुम्बिनी, मंसिर २० । लुम्बिनीमा आँखाको परिक्षण र उपचारका लागि चार दिने स्वास्थ्य शिविर शुरु भएको छ ।
राजकीय थाई बिहारले आयोजना गरेको शिविरमा लुम्बिनीका बासिन्दाहरुको निःशुल्क मोतीविन्दुको शल्यक्रिया गरिएको छ ।
डा. सन्दुक रुइत नेतृत्वको टोलीले शल्यक्रिया गरेको हो । करिब ७ सय जनालाई शल्यक्रिया गर्ने बिहारका प्रमुख भिक्षु फ्रा श्रीवोधिविदेस सुफोटले जानकारी दिनुभयो । थाइल्याण्डका राजा भूमिवोल अदुल्यदेजको जन्मजयन्तीको अवसरमा आँखाको स्वास्थ्य शिविर राखिएको हो ।
यसअघि गत शनिबार, थाई बिहार, रामग्राम र आइतबार थाई विहार, निग्रोधाराम, कुदानमा स्थानीय बासिन्दालाई लक्षित गरेर आँखा स्वास्थ्य शिविर राखिएको थियो । विजितपोङ्गपुन फन्डको सहयोगमा बिहार, नेपालस्थित राजकीय थाई दुतावास र तिलगंगा आँखा अस्पतालले शिविरको आयोजना गरेका हुन ।








प्रतिक्रिया दिनुहोस्