९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


राष्ट्रपतिले गरिन् सुशील प्याकुरेलको राजीनामा स्वीकृत


0
Shares

काठमाडौं, माघ १० । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना विज्ञ सल्लाहकार सुशील प्याकुरेलले दिएको राजीनामा स्वीकृत गरेकी छन् ।

प्याकुरेलले दिएको राजीनामा राष्ट्रपति भण्डारीले शुक्रबार नै स्वीकृत गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले विज्ञप्ति निकाली जानकारी दिएका छन् ।

प्याकुरेलले संविधानले परिकल्पना गरेको लोकतान्त्रिक मूल्य, मान्यता र कानूनी सर्वोच्चताको अक्षरशः कार्यान्वयनका लागि शासकीय मामिलासम्बद्ध औपचारिकताको परिधीभन्दा बाहिर अझ बढी सक्रियता हुन भन्दै राष्ट्रपतिको विज्ञ सल्लाहकारको पदबाट राजीनामा दिएका थिए ।

राजीनामामा उनले संवैधानिक अंगहरूमा सुशासनका मूलभूत मान्यतालाई आत्मसात गर्दै उच्च लोकतान्त्रिक मूल्य, मान्यता र नैतिकताको जर्गेना गर्न सजग हुनुपर्नेमा पनि जोड दिएका छन् ।