१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


साफ यु-१९ महिला फुटबल खेल्न जाने नेपाली टोलीको बिदाई


0
Shares

काठमाडौं । बंगलादेशको ढाकामा आयोजना हुने साफ यु-१९ महिला फुटबल प्रतियोगितामा सहभागि हुने नेपाली टोलीलाई सोमबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिदाई गरेको छ ।

ललितपुरस्थित एन्फा मुख्यालयमा नेपाली टोलीको विदाई गरिएको हो । प्रतियोगितामा आयोजक बंगलादेशसहित नेपाल, भारत, भुटान र श्रीलंकाले सहभागिता जनाउँदै छन् । दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्र्तगत उमेर समूहको खेलमा बलियो मानिएको नेपाली टोलीको लक्ष्य उपाधि उचाल्ने रहेको छ ।

टोलीलाई अञ्जना रानामगरले नेतृत्व गर्ने छिन । डिसेम्बर ११ देखि २२ सम्म ढाकामा आयोजना हुने प्रतियोगिताका लागि नेपाली महिला फुटबल टोलीका मुख्य प्रशिक्षक हरि ओम श्रेष्ठले आइतबार २३ सदस्यी नेपाली महिला टोलीको नाम सार्वजनिक गरेका थिए ।

राउन्ड रोबिन प्रणालीमा आयोजना हुने प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल आयोजक बंगालदेशविरुद्ध डिसेम्बर ११ मा खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । यस्तै नेपालले आफ्नो दोस्रो खेल श्रीलंकाविरुद्ध १५ तारिख, तेस्रो खेलमा भुटानविरुद्ध १७ तारिखमा तथा अन्तिम खेल भारतसँग १९ तारिखमा खेल्नेछ ।

शीर्ष दुई टोली उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।