
बैतडी, मंसिर २० । बैतडीमा सोमबार साँझ जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
जिल्लाको पाटन बजारबाट कैलपाल जाँदै गरेको से १ ज ८८८ नम्बरको जिप पाटन नगरपालिका १ सकार थलीमा दुर्घटनामा परेको हो ।
दुर्घटना परि मृत्यु हुनेहरुमा पाटन नगरपालिका १ सकारका १३ वर्षीय विनोद बिक, ७२ वर्षीया रमा भट्टराई, ठेगाना नखुृलेका २४ वर्षीया प्रेम चुनारा र २० वर्षीया मनिषा बिक रहेका इलाका प्रहरी कार्यालय पाटनका इञ्चार्ज, राजेश शाहीले जानकारी दिनुभयो ।
पाटन नगरपालिकाका ओमप्रकाश भट्टराई, जानकी भट्टराई, दिपक भट्टराई, मानध्वज भट्टराई, विष्णु भट्टराई र गोविन्द बिक घाइते भएका छन् ।
मृतक र घाइते सबैलाई पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ । जीपमा चालकसहित ११ जना सवार रहेका थिए ।
दुर्घटनाग्रस्त जीप सडकबाट एक सय मिटर तल खसेको छ ।
चालक फरार रहेका छन् । कच्ची चिप्लो र भिरालो बाटोका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्