२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


साउदी अरबियाका आलोचक जमाल खसोग्जीका संदिग्ध हत्यारा फ्रान्समा पक्राउ

छानविन र अनुसन्धान जारी

0
Shares

काठमाडौं । साउदी अरबका पत्रकार जमाल खशोग्जी हत्याकाण्डका एक जना फरार अभियुक्त फ्रान्समा पक्राउ परेका छन् । फ्रान्सका सुरक्षाकर्मीहरुले साउदी अरबका पुर्व रोयल गार्डलाई पक्राउ गरेको हो ।

खालिल एध अल औतेबी नामका ती ब्यक्ति सन् २०१८ मा भएको खशोग्जी हत्याकाण्डका मुख्य अभियुक्त भएको बुझिएको छ । खालिदलाई फ्रान्सको पेरिस बिमानस्थलबाट नियन्त्रणमा लिइएको हो ।

साउदी अरबियाका कटु आलोचक मानिने खशोग्जीको हत्या पछी टर्कीले २६ जना आरोपीहरुको नाम मोस्ट वान्डेट सूचीमा राखेको थियो । खशोग्जीको हत्या सन् २०१८ मा टर्कीस्थित सउदी अरबको महावाणिज्य दुतावासमा भएको थियो । महत्वपुर्ण दस्तावेज लिन पुगेका बेला उनको हत्या गरिएको थियो ।

साउदी सरकारको निर्देशनमा उनको हत्या गरिएको भन्दै ब्यापक आलोचना भएको थियो ।