
बझाङ । बझाङका तीन वटा पालिकामा रहेका अति विपन्न, गरीब तथा दलित परिवारका छात्राहरुलाई नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा बझाङले आर्थिक सहयोग गरेको छ ।
बझाङको तल्कोट गाँउपालिका, जयपृथ्वी नगरपालिका र विथ्थडचीर गाँउपालिकाका जेहेन्दार, अति विपन्न, गरीब घर परिवारका छात्राहरुलाई युएनएफपिएको आर्थिक सहयोग तथा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा बझाङको सहकार्यमा शैक्षिक सामाग्री तथा आर्थिक सहयोग गरेको हो ।
बुबा आमा नभएका टुहुरा असहाय, अति विपन्न तथा जेहेन्दार छात्राहरुलाई छात्रावृत्ति स्वरुप ५ हजार २ सय ८० का दरले २५ जनालाई रेडक्रस सोसाईटी जिल्ला शाखाले उपलब्ध गराउँदै आएको छ ।
बालविवाह अन्त्य कार्यक्रमअन्तरर्गत विपन्न परिवारका २४ छात्राहरुलाई पढाइमा टेवा पुग्ने उद्देश्यले आर्थिक सहयोग गरेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बझाङका प्रसासकीय सहायक श्याम बहादुर नेपालीले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्