१३ बैशाख २०८२, शनिबार | Sat Apr 26 2025


थपिए २८० जना कोरोना संक्रमित


0
Shares

काठमाडौं, मंसिर २२ । देशभर पछिल्लो २४ घण्टामा २८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

९ हजार १ सय ६८ जानाको पीसीआर परीक्षण गर्दा २५५ र ३ हजार ६ जनाको एन्टीजेन परीक्षण गर्दा २५ जना गरी २८० जनामा कोरोजना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ

यस्तै, गत २४ घण्टामा कोरोनाबाट दुई जनाको मृत्‍यु भएको छ ।

बुधबार ३६६ जना कोरोनासंक्रमित संक्रमणमुक्त भएका छन् ।

यस्तै, काठमाडौं उपत्यकामा १४६ जना संक्रमित थपिएका छन् । काठमाडौंमा १ सय, ललितपुरमा ३१ र भक्तपुरमा १५ जना संक्रमित थपिएका छन् ।