४ चैत्र २०८१, सोमबार | Mon Mar 17 2025


शेयर बजारमा उच्च गिरावट, नेप्से ५३ अंकले झरेर २४ सय ५५ मा थामियो


0
Shares

काठमाडौं, मंसिर २२ । बुधबार पनि शेयर बजारमा उच्च गिरावट जारी रह्यो ।

बजार परिसूचक नेप्से एकै दिन ५३ अंकले ओरालो लागेर २४ सय ५५ मा आएर थामियो ।

कारोबार पनि थप खुम्चिएर अढाई अर्ब हाराहारीमा सीमित रह्यो । सबै समूह राताम्मे रहँदा जीवन बीमा समूहमा सबैभन्दा उच्च ३ सय अंक हराहारीको गिरावट आयो ।

निर्जीबन बीमा समूह पनि अढाई सय अंक बराबरले ओरालो लाग्यो । उत्पादनमूलक, विकास बैंक र लघुवित्त समूह पनि डेढ सय अंक हाराहारीले ओर्लिए ।

अरु पनि अधिकांश समूह दोहोरो अंकले झर्दा वाणिज्य बैंक समूहमा २६ अंकको कमी आयो ।

यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय २६ कम्पनीको ६५ लाख ६० हजार कित्ता शेयर २ अर्ब ६७ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

यस दिन १ सय ८१ कम्पनीको शेयरमूल्य घट्दा जम्मा ७ को बढ्यो भने १ को स्थिर रहेको पनि नेप्सेले जनाएको छ ।