२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


राष्ट्रकवि घिमिरेको सम्मानमा हुलाक टिकट प्रकाशन


0
Shares

काठमाडौं, मंसिर २२ । सरकारले राष्ट्रकवि माधवप्रसाद घिमिरेको सम्मानमा हुलाक टिकट प्रकाशन गरेको छ ।

हुलाक टिकट प्रकाशन कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले स्वर्गारोहणपछि पनि राष्ट्रकवि घिमिरे सबैको प्रेरणाको श्रोत रहेको बताउनुभयो ।

धर्ती रहुन्जेल नेपाल र नेपाली रहने र नेपाली रहुन्जेल राष्ट्रकविको स्मरण भइरहने उहाँको भनाइ थियो । मन्त्री कार्कीले राष्ट्रकवि घिमिरेको योगदानलाई ताजा गराउन हुलाक टिकट प्रकाशन गरिएको र यो नेपालीहरुको लागि गौरवको विषय भएको बताउनुभयो ।

कार्यक्रममा राष्ट्रकवि घिमिरेकी छोरी डाक्टर किरण रेग्मीले मृत्युपछि पाएको हुलाक टिकटको सम्मान हरेक नागरिकका घरमा पुग्ने बताउनु भयो । मानिसहरुले देहावसानपछि बिस्तारै बिर्सिंदै जाने भनेपनि उहाँका गीत र कविताहरुले कहिल्यै बिर्सिन नसकिने उहाँको भनाइ थियो ।

रेग्मीले राष्ट्रकविको कविता र गीतहरुले राष्ट्रको परिचय दिने र कालजयी रहने बताउनुभयो ।