१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


विवाह पञ्चमी : राम र सीताको स्वयम्बर कार्यक्रम सकियो


0
Shares

जनकपुर, मंसिर २२ । त्रेत्रायुगमा भगवान श्रीराम र सीताबीच भएको विवाहको स्मरणमा प्रत्येक वर्ष जनकपुरधाममा मनाइँदै आएको विवाह पञ्चमी महोत्सब अन्तर्गत बुधबार रंगभूमि मैदानमा स्वयम्बर सम्पन्न भएको छ ।

श्रीराम मन्दिरबाट भगवान राम र जानकी मन्दिरबाट निस्किएको सीताको डोलालाई मिलन र परिक्रम गराई स्वयम्वर गरिएको हो ।

स्वयम्भर हेर्न हजारौं भक्तजनको उपस्थिति थियो । धार्मिक कथन अनुसार त्रेतायुगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंवरका लागि राखिएको शिवधनुषलाई अयोध्याका राजा दशरथका ज्येष्ठपुत्र रामले भाँचेर तीन टुक्रा पारे ।

त्यसपछि मार्ग शुक्ल पञ्चमीका दिन राम र सीताको भव्य समारोहबीच विवाह सम्पन्न भएको थियो ।

रामायणअनुसार जनकपुरधामको रंगभूमिमा मैदानमा आयोजना गरिएको स्वयंवरमा ऋषि, महर्षीहरुका साथै ५६ कोटी देवीदेवताको उपस्थिति रहेको थियो ।

महोत्सवअन्तर्गत मिथिलाको संस्कृतिअनुसार मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह संस्कार सम्पन्न भइसकेको छ ।