५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


टोटनहमका आठ खेलाडीमा देखियो कोरोना


0
Shares

काठमाडौं । इंग्लिस क्लब टोटनहमका आठ जना खेलाडी तथा पाँच जना कर्मचारीमा कोरोना भाईरसको संक्रमण देखिएको छ ।

पछिल्लो पटक खेलाडी र क्लब कर्मचारीमा गरेको परीक्षणमा टोटनहमका आठ जना खेलाडी तथा पाँच जनामा कोरोना भाइरसको संक्रमण देखिएको टोटनहमका मुख्य प्रशिक्षक एन्टोनियो कोन्टेले बताएका छन् ।

युरोपा कन्फेरेन्स लिग अन्तर्गत रेनसविरुद्धको खेल अघि टोटेनहमका खेलाडीमा कोरोना देखिएको हो ।

टोटेनहमले बिहीबार रेनससँग खेल्ने तालिका छ । अन्तिम ३२ को सम्भावना कायम राख्न टोटेनहमलाई रेनेसविरुद्ध खेल जित्नुपर्नेछ । कोरोना भाईरसका कारण यतिबेला एन्टोनियो कोन्टेसँग उनको पुरै टिम निकै दबावमा छ । युईएफएले उक्त खेल तोकिएको मितिमै हुने जनाएको छ ।

त्यसैगरी, टोटेनहमले आइतबार प्रिमियर लिगमा ब्राइटनविरुद्ध खेल्ने छ । कोरोना भाईरसका कारण टोटनहमले प्रिमियर लिगसँग ब्राइटोनसँगको खेल पछाडी सार्नका लागि आग्रह गरेको छ ।