
सिन्धुली, माघ १२ । वीपी राजमार्ग अन्तर्गत सिन्धुलीको ढुङग्रे भन्ज्याङमा माइक्रोबस दुर्घटना हुंदा एकजनाको मृत्यु भएको छ ।
१० जना घाईते भएका छन् । मृत्यु हुनेमा माइक्रोबस चालक काठमाडौंका मोहन महर्जन छन् ।
झापाबाट काठमाडौं आउंदै गएको बा ४ ख ६९६ नम्बरको हायस माइक्रोबस दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्