
काठमाडौं । ग्राहकहरुको काम गर्ने, पढ्ने र खेल्ने बढ्दो आवश्यकताको लागि उच्च–गुणस्तरको उच्च स्पीड भएको इन्टरनेट सेवा प्रदान गर्ने उद्देश्य पूरा गर्न भायानेटले नयाँ अफर ल्याएको छ ।
“अल्ट्रा–फाइ” नामक अफर अन्तर्गत भायानेटले १२५ एमबीपीएस, १७५ एमबीपीएस र २५० एमबीपीएसको तीन वटा प्लान ल्याएको छ । यस सिरिज्को मुख्य प्लान १७५ एमबीपीएसको इन्टरनेट हो । जुन २ वटासम्म भायाटिभी सदस्यताको साथ आउँनेछ । जसको वार्षिक सदस्यता लिंदा प्रति महिना मात्र १२५० रुपैया पर्न आउँछ । यसका साथै यसमा भायानेटले निःशुल्क इन्टरनेट जडान, निःशुल्क पहिलो सेट–टप–बक्स र सबै प्याकेजहरुमा १००० रिवार्ड अंक प्रदान गर्दैछ ।
जुन कारणले गर्दा अल्ट्रा–फाई सबैभन्दा आकर्षक इन्टनेट प्लान मध्य एक बनेको भायानेटको भनाई छ । प्रयोगकर्ताहरूलाई न्यूनतम मूल्यमा उच्चतम् इन्टरनेटको मज्जा दिने योजनाका साथ कम्पनीले यस्ता प्याकेज उपलब्ध गराएको हो ।
त्यस्तै भायानेटले आफ्नो संरचनालाई अपग्रेड गर्दै नोकिया र सी–डाटासँगको साझेदारीमा डुअल ब्राण्ड ओएनयु (अप्टिकल नेटवर्क युनिट) प्रदान गरिरहेको छ ।भायानेटका अनुसार हाल उपलब्ध ओएनयुले मेश समेत सपोर्ट गर्नेछ भने चाँडै ग्राहकमाझ मेश वाई–फाई समेत उपलब्ध गराइनेछ ।
प्रतिक्रिया दिनुहोस्