
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय समितिमा पुग्ने चाहना व्यक्त गर्दै धमाधम उम्मेदवारी घोषणा गर्नेहरु बढिरहेका छन् ।यसैक्रममा कांग्रेस धादिङका पूर्वसभापति रमेश धमलाले केन्द्रीय सदस्य पदमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ ।
पार्टीको रुपान्तरण र समाजको नवोन्नतीका लागी आफ्नो उम्मेदवारी भन्दै धमलाले परिवर्तित कांग्रेस बनाउन आफ्नो पहल हुने उल्लेख गर्नुभएको छ ।
पार्टी पुनर्जागरणका लागि सही दृष्टिकोणसहित समाज बदल्न सक्ने राजनीतिक दल बनाउनु आजको आवश्यकता भएको भन्दै उहाँले नयाँ पुस्तालाई नेतृत्व तहमा पुर्याउने यो महाधिवेशन कोशेढुंगा बन्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्