
काठमाडौं, मंसिर २३ । हेलिकोप्टर दुर्घटनामा निधन भएका भारतीय सेना प्रमुख विपिन रावतको अन्त्येष्टिमा नेपाली सेना सहभागी हुने भएको छ ।
प्रधानसेनापति प्रभुराम शर्माले बुधबार टेलिफोन मार्फत रावतको निधनप्रति समवेदना प्रकट गर्नुभएको नेपाली सेनाले जनाएको छ ।
शुक्रबार भारतको नयाँ दिल्लीमा हुने रावतको अन्तिम श्रद्धाञ्जलीका लागि नेपाली सेनाका बलाधिकृत बालकृष्ण कार्की सहभागी हुने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
तीन वर्ष भारतको स्थल सेनाध्यक्षको जिम्मेवारी सम्हालेका रावतलाई सन् २०१८ मा नेपाल भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको मानार्थ प्रधान सेनापतिको सम्मान दिनुभएको थियो । भारतीय एयर फोर्सको हेलिकप्टर तमिलनाडुको कुनुरमा दुर्घटना हुँदा रावत र रावत, उहाँकी श्रीमतीसहित १३ जनाको ज्यान गएको थियो ।
प्रतिक्रिया दिनुहोस्