
म्याग्दी, मंसिर २३ । म्याग्दीमा होटलहरुको संख्या वृद्धि भएर १ सय २२ वटा पुगेको छ ।
दुई वर्षअघि पर्यटक लक्षित ८७ होटल रहेको म्याग्दीमा दुई वर्षको अवधिमा ३५ वटा नयाँ पर्यटक लक्षित होटलहरु थपिएका हुन् ।
यी सबै होटलहरुमा गरी १ अर्बभन्दा वढीको लगानी रहेको घरेलु तथा साना उद्योग विकास समिति म्याग्दीले जनाएको छ । वार्षिक ३० हजार तेस्रो मुलुकका पर्यटकहरु भित्रिने म्याग्दीमा घरेलु तथा साना उद्योग विकास समितिमा २०५२ साल यता १ सय २० वटा होटल दर्ता भएका छन् ।
अन्य होटलहरु पनि खुल्ने क्रम जारी रहेको घरेलु तथा साना उद्योग विकास समिति म्याग्दीका अध्यक्ष लिलाराम गौतमले बताउनुभयो । म्याग्दीका होटलमा २ सय ४६ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । गत आर्थिक वर्षमा मात्र नयाँ होटल दर्ता एवं पुरानाको नविकरणवापत समितिले दुई लाख २८ हजार ९ सय राजस्व संकलन गरेको छ ।
म्याग्दीमा १ लाखदेखि २ करोड रुपैयाँभन्दा बढी लगानी भएका होटलहरु खुलेको होटल व्यवसायीसंघ म्याग्दीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्