१३ बैशाख २०८२, शनिबार | Sat Apr 26 2025


थपिए २११ जना कोरोना संक्रमित


0
Shares

काठमाडौं, मंसिर २३ । देशभर पछिल्लो २४ घण्टामा २११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ४५१ जनाको कोरोना परिक्षण गर्दा २११ जनामा संक्रमण पुष्टि भएको हो ।

८ हजार १८ जनाको पिसिआर परीक्षण र १४३३ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

बिहीबार ३२९ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो । हाल कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५४९ पुगेको छ ।

हाल ९७ जना क्वारेन्टाइन, १२१ आइसीयू र ३० जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा हाल ६ हजार १०५ जना सक्रिय संक्रमित छन् ।