१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चेपाङ समुदायको पहिलो मन्त्री बन्दै ‘सन्तबहादुर चेपाङ’


13
Shares

हेटौंडा, मंसिर २३ । बागमती प्रदेशका प्रदेशसभा सदस्य सन्तबहादुर चेपाङ, चेपाङ समुदायकै पहिलो मन्त्री बन्दैहुनुहुन्छ ।

चेपाङलाई संसदीय दल नेपाली कांग्रेसले राज्यमन्त्री बनाउन लागेको हो । यसअघि चेपाङलाई पार्टीले समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बनाएका थियो ।

चेपाङ समूदायबाट यसअघि मकवानपुरका गोविन्दराम चेपाङ संविधानसभा सदस्य हुनु भएको थियो ।

चेपाङ समूदायबाट उहाँ पहिलो मन्त्री हुनुहुन्छ । आफुले दलबाट प्राप्त सिफारिस पत्र मुख्यमन्त्रीलाई बुझाउन लागेको चेपाङ्ले बताउनुभयो ।

उहाँ भौतिक पूर्वाधार विकास राज्यमन्त्री बन्दै हुनुहुन्छ । अन्य दलबाट पनि राज्यमन्त्री थप्ने तयारी भएपनि दलभित्र छलफल भइरहेको जनाएको छ ।

मकवानपुरको काँकडामा जन्मिएका सन्त चेपाङ २०४८ सालदेखि निरन्तर राजनीतिमा लाग्दै आइरुहनुभएको छ । २०४८ सालमा काँकडा गाउँ इकाई सदस्य, २०५३ सालमा वडा सभापति, २०५४ सालको स्थानीय चुनावको प्रचारप्रसार संयोजक हुँदा नेकपा एमालले निर्घात याताना, २०५६ सालमा नेपाल तरुण दलको काँकडा वडा ईकाइ सभापति, २०५९ सालमा तत्कालीन पार्टी विभाजनमा काँकडा गाउँ इकाई सभापति, २०५९ सालमा पार्टी एकिकृत पछि गाउँ ईकाइ सचिव हुनुभएको थियो ।

त्यस्तै, २०६२ सालदेखी २०६७ सालसम्म पार्टीबाट सर्वदलिय संयोजक, २०६४ सालमा पहिला संविधान सभाको निर्वाचन प्रचारप्रसारमा नेकपा माओवादीबाट निर्घात घाइते तथा यातना, मकवानपुर जिल्लाको नेपाल चेपाङ संघको जिल्ला अध्यक्ष, नेपाली कांगेस जिल्ला कार्यसमिति सदस्य, १० औं महाधिवेशन मकवानपुर जिल्लाको निर्मावन क्षेत्र नम्बर ४ प्रत्यासी सभापति हुनुभएको थियो ।