२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


नबिल बैंकको ‘नबिल डिजिबैंक पोर्टल’ सार्वजनिक


0
Shares

काठमाडौं, मंसिर २३ । नबिल बैंकले ‘नबिल डिजिबैंक पोर्टल’ सार्वजनिक गरेको छ ।

बैंकले बिहीबार काठमाडौंमा एक कार्यक्रम गरी ग्राहकहरुलाई एकद्वार प्रणालीमार्फत् सरल बैंकिङ सेवाको अनुभव गराउनका लागि डिजिबैंक पोर्टल सार्वजनिक गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले डिजिबैंक पोर्टल सार्वजनिक गर्नु भएको ।

मानिसको दैनिकी प्रविधिसँग जोडिएको र हरेक काम प्रविधिमैंत्री बन्दै गएकाले बैंकले पनि सबै सेवा अनलाइनमार्फत दिनका लागि डिजिबैंक पोर्टलको सुरुवात गरेको शाहले बताउनुभयो ।

अब उक्त पोर्टलबाट नबिल बैंकका ग्राहकहरूले एकद्वार प्रणालीमार्फत सेवाहरू प्राप्त गर्न सक्ने बताइएको छ ।