
काठमाडौं, मंसिर २३ । नेपाली कांग्रेसका युवा नेता गगन थापाले आजका दिनसम्म आफ्नो सभापतिको उम्मेदवार नभएको बताउनुभएको छ ।
बिहीबार प्रज्ञा प्रतिष्ठान भवनमा पार्टी पुनर्जागरण र रुपान्तरणका लागि अवधारणा पत्र सार्वजनिक गर्दै उहाँले आफ्नो अवधारणा बोक्न सक्नेलाई सभापतिमा साथ दिने बताउनुभयो ।
१४ औँ महाधिवेशनमा नेतृत्व मात्र चयन हुने भएकाले आफू महामन्त्री भएर गर्ने काम अवधारणा पत्र ल्याएको उहाँको भनाई छ । शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रमा राज्यले लगानी गरेर सबै नागरिकको सहज र समान पहुँचको व्यवस्था गर्नुपर्ने भन्दै उहाँले सामाजिक लोकतन्त्रलाई व्यवहारमा लागु गर्नुपर्ने बताउनुभयो ।
१५ बुँदे अवधारणापत्र सार्वजनिक गर्दै थापाले २०७८ सालपछि कांग्रेसले समुन्नत नेपाल : सम्मानित नेपाली गराउने गरी कार्यक्रम बनाउनुपर्ने बताउनुभयो ।
जनताको जीवनमा बदलाव ल्याउन सके आफ्नो राजनीतिक जीवन सफल भएको ठान्ने उहाँको भनाई थियो ।
प्रतिक्रिया दिनुहोस्