२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


कांग्रेस महाधिवेशनको तयारी अन्तिम चरणमा


0
Shares

काठमाडौं, मंसिर २३ । नेपाली कांग्रेस १४ औँ महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ ।

कांग्रेस काठमाडौं जिल्ला सचिव तथा १४ औंँ महाधिवेशन प्रचारप्रसार मञ्च व्यवस्थापन समिति संयोजक गोविन्द पुडासैनीका अनुसार उद्घाटन लगायत कामको तयारी अन्तिम चरणमा पुगेको छ ।

महाधिवेशन तयारीको काम ९० प्रतिशत सकिएको र बाँकी १० प्रतिशत काम आज रातीसम्म सकिने बताउनुभयो । प्रदेशको अधिवेशन सम्पन्न गरेपछि केन्द्रिय अधिवेशनतर्फ लाग्नुपरेको कारण काम केही ढिला भएको उहाँको भनाई छ । उहाँले मञ्च तीन चरणमा बनाइएको र पहिलो, दोस्रो र तेस्रो चरणमा क्रमशः कलाकार, विभिन्न पार्टीका शीर्ष नेता र केन्द्रिय सदस्य रहने व्यवस्था गरिएको बताउनुभयो ।

भृकुटी मण्डपमा मात्र पार्टीको कार्यक्रम भएकोले अन्य सडकमा नागरिकलाई ट्राफिक जामको समस्या नहुने उहाँको भनाई छ । ४ लाख मानिस सहभागी हुने बताइएको महाधिवेशन मंसिर २४ गतेदेखि २७ गतेसम्म चल्नेछ ।