
काठमाडौं, मंसिर २३ । थाई नागरिकहरुको सहयोगमा लुम्बिनीमा ६ सय ३० जनाको निःशुल्क मोतीविन्दुको शल्यक्रिया सम्पन्न भएको छ ।
लुम्बिनीमा भएको ४ दिने शिविरमा लुम्बिनी क्षेत्रका बासिन्दाहरुको निःशुल्क मोतीविन्दुको शल्यक्रिया गरिएको हो ।
थाइल्याण्डका राजा भूमिवोल अदुल्यदेजको जन्मजयन्तीको अवसरमा पारेर गरेको शिविरमा डा. सन्दुक रुइत नेतृत्वको टोलीले शल्यक्रिया गरेको हो । बिहारका प्रमुख भिक्षु फ्रा श्रीवोधिविदेस सुफोटले थाई बिहार, रामग्राम र थाई विहार, निग्रोधाराममा स्थानीय बासिन्दालाई लक्षित गरेर आँखा स्वास्थ्य शिविर गरेको जानकारी दिनुभयो।
विजितपोङ्गपुन फन्डको सहयोगमा बिहार, नेपालस्थित राजकीय थाई दुतावास र तिलगंगा आँखा अस्पतालले संयुक्तरूपमा शिविरको आयोजना गरेका हुन् ।






प्रतिक्रिया दिनुहोस्