२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


पोखरामा ट्रक पल्टिंदा दुई जनाको मृत्यु


0
Shares

काठमाडौं । पोखरा महानगरपालिका–२६ विजयपुरमा ट्रक पल्टिंदा दुई जनाको मृत्यु भएको छ ।

लेखनाथबाट पोखरातर्फ जाँदै गरेको लु.२ ख २९४८ नम्बरको ट्रक अनियन्त्रित भई सडक किनारमा पल्टिँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेहरुमा लमजुङ पार्चे निवासी ४२ वर्षीय भीम बहादुर तामाङ र पहिचान नखुलेका अन्दाजी ४५ वर्षका पुरुष रहेको प्रहरीले जनाएको छ ।