२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


‘समृद्ध नेपाल, सुखी नेपाली’ देशको राष्ट्रिय गन्तव्य हो : अध्यक्ष ओली


0
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समृद्ध नेपाल सुखी नेपालीको गन्तव्य नेपालको राष्ट्रिय गन्तव्य भएको बताउनुभएको छ ।

बिहीबार नेपाली कांग्रेसका नेता गगन थापाले सम्मुनत नेपाल, सम्पन्न नेपालीको अभियान ल्याएकोप्रति व्यङ्ग्य गर्दै उहाँले समृद्ध नेपाल सुखी नेपाली देशको राष्ट्रिय गन्तव्य भएको बताउनुभयो ।

काठमाडौंमा भएको एक कार्यक्रममा अध्यक्ष ओलीले क्षणिक लाभका लागि अनेक संकीर्ण कुराहरूलाई अनुचित ढंगले प्रयोग भइरहेको अध्यक्ष ओलीले बताउनुभयो ।

आफ्ना स्वार्थलाई सैद्धान्तिकरण गरेर आफ्नो दुनो सोझ्याउँदा देशलाई घाटा भइरहेको उहाँको भनाइ छ ।